भोजपुर, १९ माघ । आमचोक गाँउपालिका -४ बालाङखामा अपाङगता भएका व्यक्तिहरुका लागि ४/४ दिने मौरी बाख्रा तथा बंगुर पालन सम्वन्धी तालिम सुरु भएको छ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत आमचोक गाउँपालिकाको आयोजना तथा करुणा फाउन्डेसन नेपाल र प्रदेश एक सरकारको संयोजनमा तालिम सञ्चालन भएको हो ।
कार्यक्रममा बोल्दै आमचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले अपाङ्गता भएका व्यक्तिले पनि अरुले भन्दा पनि राम्रो काम गर्न सक्ने बताए । राईले भने ‘ तालिम लिए पछि ज्ञान अभिवृद्धी तथा धारणामा परिवर्तन र सिपको विकास हुनु पर्छ, जो मान्छे आर्थिक रुपमा ज्यादै न्युन छ त्यसका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने नै यस तालिमको मुख्य उदेश्य हो ।’ त्यस्तै के कारणले गर्दा अपाङ्गता भएका व्यक्तिहरुको जन्म हुन्छ र त्यसलाई कसरी रोकथाम गर्न सकिन्छ त्यसतर्फ सरोकारवाला सबैले ध्यान दिनु पर्ने समेत राईले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै करुणा फाउन्डेसन नेपाल प्रदेश एकका प्रवन्धक सत्य विश्वासले सिपमुलक तालिमले अपाङगता भएका व्यक्तिहरुको आर्थिक अवश्था सुर्धान सहयोग पुग्ने बताए । विश्वासले भने ‘हाम्रो समाजमा अपाङ्गता भएका नागरिकहरुलाई फरक तरिकाले हेर्ने चलन छ पहिलो कुरात हामी सबैको सोचमा परिवर्तन हुन आवश्यक छ , गरिवीका कारण पनि अपाङ्गता भएका मानिसहरु पछाडी परिरहेका छन् । उनिहरुको जिविको पार्जनमा केही सहजता होस भनेर तालिमको आयोजना गरिएको हो ।’
पहिलो चरणमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कायाक्रम अन्तर्गत प्रदेश सरकार, स्थानिय सरकार र करुणा फाउन्डेसनको साझेदारीमा भएको कार्यक्रम मार्फत अपाङ्गता भएका मानिसहको पहिचान गर्ने, उनीहरुलाई शारिरिक असक्ताको आधारमा परिचय पत्र वितरण गर्ने, आवश्यक पर्ने सहायक सामग्री वितरण लगाएतको काम गर्दै आएको र उनिहरुको क्षमता विकासको लागि विभिन्न खालका तालिमहरु सञ्चालन भईरहेको फाउन्डेसनका प्रवन्धक विश्वासले बताए ।