भोजपुर, ५ माघ । भोजपुरको पौवादुङमा गाउँपालिका केन्द्र च्याङ्गेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी जेम्स स्कुल ललितपुर काठमाण्डौका सस्थापक, शिक्षा सेवी तथा प्याब्सनका पूर्व अध्यक्ष राजेश खड्कालाई सम्मान तथा स्वागत गरेको हो । पौवादुङ गाउँपालिकामा -३ मा जन्मभएका खड्काले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको हो । त्यस्तै गाउँपालिकाले पनि खड्कालाई मायाको चिनो भोजपुरे खुकुरी प्रदान गरेको छ ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष किरण राईले खड्काले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका छन् । त्यस्तै आफ्नो क्षेत्रमा शिक्षाको विकास लागि स्थानीय सरकार प्रमुखको हैसियतले काम गरिरहेको बताउँदै यहाँको शिक्षा क्षेत्रको विकासमा योगदान गर्न आग्रह गरे । अध्यक्ष राईले भने,‘ हामीले यहाँको शिक्षा क्षेत्रको गुणस्तर बृद्धिसंगै भौतिक संरचनाको विकास लागि काम गरिरहेको छौँ । त्यो प्रत्याप्त हुन सकेको छैन । त्यसको लागि शिक्षा क्षेत्रका अगुवाहरुले योगदान गरी दिए केहि सहयता मिल्ने देखिन्छ ।’’
सम्बोधन गर्दै कार्यक्रमका विशेष अथितिसमेत रहेका खड्काले पौवादुङमाको शिक्षा क्षेत्रमा योगदान गर्ने चाहना रहेको बताए । जसका लागि पौवादुङमा हितको लागि काम गरिरहेका विभिन्न संघ सस्थासँग छलफल भइरहेको भएपनि ठोस योजना बन्न नसकेको उनको भनाइ छ । सबै राजनितिक दलको प्रतिनिधित्व गर्दै बोलेका नेपाली काङ्ग्रेसका पौवादुङमा सभापति मनोज कार्कीले गाउँपालिका क्षेत्रका सबै विद्यालयहरुको विकासमा सहयोग आवश्यक रहेको धारणा राखे । साथै उनले विद्यालयहरुमा प्राविधक शिक्षाको आवश्यक रहेकोसमेत बताए ।
विद्यालयका प्रधानाध्यपाक रामकुमार राईले विद्यालयमा भौतिक संचरनाको अभावको कारण कक्षा कोठा व्यावस्पथापनमा तत्काललाई केहि समस्या रहेको बताए । विद्यालयको शैक्षिक सरचना निर्माण भईरहेकोले निर्माण सम्पन्न भएपपश्चात कक्षा कोठा व्यवस्थापनको समस्या हट्ने उनको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष किरण राई, विशिष्ट अथिति जेम्स स्कुलका सस्थापक राजेश खड्का रहेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न संघ सस्था लगायतको सहभागिता रहेको थियो ।