एमाले भोजपुरको सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शरण कुमार राई


भोजपुर, २५ पौष ।
नेकपा एमाले जिल्ला कमिटी भोजपुरको सर्वसम्मत नेतृत्व चयन भएको छ। एमालेले शरण कमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई, उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराती सर्वसम्मत चयन भएका छन् । एमालेको आठौं जिल्ला अधिबेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो ।


जिल्ला अध्यक्षमा शरण कुमार राई र मक्कर खड्काको दावेदारी रहेको थियो । दुई जना बीच सहमति गराउन शुक्रबारबाट शुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियो ।


एमालेका स्थायी कमिटी सदस्य शेरधन राई र भोजपुर इन्चार्ज हरिबहादुर राईसहितको सक्रियतामा सर्वसम्मत रुपमा नयाँ कमिटी गठन भएको हो । नवनिर्वाचित पदाधिकारीहरुलाई आइतबार नै पद तथा गोपनियताको सफत गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार