फोटो फिचर-एमाले भोजपुरको आठौं जिल्ला अधिवेशनको खुल्ला शत्र सम्पन्न, बन्द शत्र भोली हुने


भोजपुर, २३ पौष ।नेकपा एमाले भोजपुरको आठौं जिल्ला अधिवेशनको खुल्ला सत्रको कार्यक्रम सम्पन्न भएको छ ।नयाँ नेतृत्व चयनको लागि भोली बन्द शत्र हुने एमाले आयोजक कमिटीले जनाएको छ । अधिवेशनको खुल्ला सत्र नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख अथित्यतामा सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्वोधन गर्दै नेता राईले भोली हुने बन्द शत्रबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने बताए ।

नेता राईले राम्रो काम गरेको हुनाले एमालेलाई घेराबन्दी गरेर लोक प्रिय सरकार ढालेको बताउदै आगमी निर्वाचनपछि एमालेको सरकार बन्नेसमेत दावी गरे । नेता राईले भने,‘एमाले सरकारले राम्रो काम गरेकोले पार्टीभित्रै र बाहिरबाट पनि घेराबन्दी गरेर लोकप्रिय सरकार ढालियो । एमाले अहिले सरकार बाहिर भएपनि जनताको आशा यहि पार्टीमा छ आगामी निर्वाचनमा एमालेले एकल सरकार बनाएर जनताको सेवा गर्छ । ’

एमाले सरकारले देशमा विकासको लहर ल्याएको भएपनि परामदेशबाट बनेको सरकारले जनतालाई धोका दिएको राईको भनाई छ । जनताको विकासको चाहना एमालेले मात्र पुरा गर्ने उनको भनाइ छ । देशका कम्युनिष्ट भनिएका पार्टीहरु एमालेको सिद्धान्त बोकेर अघि बढेको राईले बताए । अधिवेशनमा विभिन्न पार्टी परित्याग गरि तीन दर्जन वढी नेकपा एमालेमा प्रवेश गरेको एमाले जिल्ला पाटीं सचिव मकर खड्काले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार