एमाले भोजपुरको आठौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने


भोजपुर, ७ पौष ।
नेकपा एमाले भोजपुरको आठौँ जिल्ला अधिवेशन आगामी पौष २३ र २४ गते हुने भएको छ । बुधबार एमालेका जिल्ला अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा तथा पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आथित्यतामा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अधिवेशनलाई भव्य र शब्य रुपमा सम्पन्न गराउनको लागि विभिन्न कामको जिम्मेवारी समेत बाँडफाँड गरेको एमालेका जिल्ला सचिव मक्कर खड्काले जानकारी दिए ।
बैठकले राजनितिक प्रतिवेदन लेखन संयोजनकमा प्रेमकुमार राई, स्वयसेवक परिचलान संयोजकमा शरण कुमार राई र खाना, आवास व्यवस्थापन संयोजकको जिम्मेवारी धर्म किराँतीलाई दिईएको छ । त्यस्तै प्रचार प्रसार कमिटी संयोजक मक्कर खड्का , आर्थिक कमिटी संयोजनमा सृजना राई, हल मञ्च व्यवस्थान संयोजकमा दुर्गा योजन्ज र प्रतिनिधि व्यवस्थापन कमिटीको संयोजकको जिम्मेवारी किरण राईलाई दिएको छ । त्यस्तै साँस्कृतिक तथा अथिति सत्कार उप समितिसमेत गठन गरिएको सचिव खड्काले जानकारी दिए ।

बैठकले १५ पौषमा ८१ वडा तथा जन वर्गिय संगठनको प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ भने १७ गते सवै पालिका कमिटीको वैठक आयोजना गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार