भोजपुर १९ मंसिर । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले षडानन्द नगरपालिकाको दिङला बजारका पसलहरुको छड्के अनुगमन गरेको छ । शनिवार दिङला बजारमा रहेका किराना पसल, कस्मेटिक पसल, मासु पसल, हार्डवयर, ईलेक्ट्रोनिक्स, लगाएका पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा करिव ३० हजार बरावरको आर सि डिउ, पापड, कोकाकोला लगाएतका म्याद गुज्रीएका सामग्रीहरु नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले जनाएको छ ।
सदरमुकाम तथा अन्य डिलरहरुले म्याद गुज्रीएका खाद्यन्नहरु सामग्रीहरु गाउँ तिरका पसहरुमा पठाउने गरेकाले सदरमुकाम बाहिरका बजार पसलहरुको अनुगमनमा तिव्रता दिएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख लोकेन्द्र फागोले बताए । उपभोक्ताको हितलाई ध्यानमा राख्दै म्याद गुज्रीएका अखाद्य बस्तुको बेचविखालाई नियन्त्रण गर्ने उदेश्यले बजार अनुगमन गरिएको प्रमुख फागोको भनाइ छ ।
अनुगमनका क्रममा अधिकांश पसलले मूल्य सूची नराखेको, साईनबोर्ड नराखी पसल सञ्चालन गरेको, दर्ता नै नगरि पसल सञ्चालन गरेको तथा कर समेत नतिरेको पाईएकाले त्यस्ता व्यापारीहरुलाई सचेत गरिएको कार्यालयले जनाएको छ । अनुगमनका क्रममा म्याद गुज्रीएका सामग्री भेटिएका पसलहरुलाई यस्ता सामग्री बेचविखान नगर्नका लागि सचेत गरिएको कार्यालयका लेखा अधिकृत नरेश लाईले बताए ।