
भोजपुर १७ मंसिर । भोजपुरमा ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । कार्यक्रममा अपाङगता भएका व्यक्तिहरुले राज्यबाट उचित ढंगले सेवा, सुविधा नपाएको गुनासो गरेका छन् । राज्यले आपङगता भएकाहरुलाई १० प्रकारमा बर्गीकरण गरेर सेवा सुविधा दिने घोषणा गरेको भएपनि कतिपय सेवा, सुविधाबाट अझै बाहिर रहेको उनीहरुको गुनासो छ । राज्यस्तरका नीति नियम, ऐन कानुनमा अपाङ्गता भएका व्यक्तिका सवाललाई समावेश गरेको भएपनि त्यो पूर्ण रुपमा कार्यान्वयन नभएको उनीहरुको गुनासो छ । उनीहरुले ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अबसरमा यस्तो गुनासो गरेका हुन् । सरकारी तथा गैर सरकरी कार्यालयका भवन, विद्यालय, सार्वजनिक शौचालय अपाङ्गता मैत्री नभएको कारण पनि समस्या हुने गरेको उनिहरुको दुखेसो छ । शिक्षा, स्वास्थ्य, रोजगार लगायतका निकायमा अपाङ्गता भएका व्यक्तिले प्राथमिकता पाउनु पर्ने पुन उत्थान अपाङ्ग संघ भोजपुरका अध्यक्ष शक्ति बान्तवाले बताए ।
जिल्लामा एक हजार ६८८ जना अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला पुन उत्थान अपाङ्ग संघ भोजपुरले जनाएको छ । सरोकारवाला निकाय साथै अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले उनीहरुको हकहित र अधिकारका लागि केहि काम गरिरहेको भएपनि त्यो प्रयाप्त नभएको सहभागीको भनाइ छ । यहाँ रहेका बास्तविक अपाङ्गगता भएका मानिसहरुको पहिचान गरेर उनीहरुलाई साथ सहयोग गर्ने करुणा फाउण्डेसन नेपाल भोजपुरका संयोजक जनार्दन सुवेदीले बताए । दिवसको अवसरमा करुणा फाउन्डेसन भोजपुरले बहिरा आवाशिय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई टोपी मोजा लगाएतका सामग्री वितरण गरेको छ ।
अपाङ्गता भएका व्यक्तिले अन्य नागरिक सरह काम गर्न सक्ने भएकाले कसैले पनि गलत दृष्टीकोणले हेर्न नहुने जिल्ला सवन्वय समिति भोजपुुरले जनाएको छ । अपाङ्ग भएका व्यक्ति हकहितको लागि केन्द्र प्रदेश तथा स्थानिय सरकारले ध्यान दिनु पर्ने जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले बताए ।
अबका दिनमा अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवसलाई ¥याली र भाषणमा मात्र सीमित नराखेर संयुक्त राष्ट्रसङ्घले तय गरेको नारा, र राष्ट्रिय नारा अनुसार काम गर्नु पर्ने सरोकारवाला पक्षले बताएका छन् ।