कृपाशुर शेर्पाद्धारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


भोजपुर ९ मंसिर । पूर्व पर्यटन मन्त्री तथा भोजपुरका एमाले नेता कृपाशुर शेर्पाले नेकपा एमालेको दशौ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । भोजपुरबाट यस अघि संघीय संसदमा निर्वाचित शेर्पा विगत ४० वर्षदेखि बामपन्थी आन्दोलनमा छन् । आदिबासी जनजाति समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिमा चयन भएका शेर्पाले आदिबासी जनजाति कोटाबाटै नै उम्मेदवारी दिन लागेका हुन् ।

भोजपुरको सामाजिक अभियानमा जोडिएका शेर्पा विभिन्न संघ संस्था मार्फत सामुदायिक काममा समेत सक्रिय छन् । पर्यटन मन्त्री हुँदा राम्रो छवी बनाएका शेर्पा आदिवासी जनजातिका बीचमा लोकप्रिय छन् । उनले भोजपुरका धेरैजसो विद्यालय निर्माणमा सहयोग गरेर शिक्षा क्षेत्रमा पनि राम्रो काम गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार