स्वास्थ्य कार्यालय भोजपुरमा कार्यरत सुरेन्द्रकुमार बुढाथोकी पुरस्कृत


भोजपुर २२ भदौ । स्वास्थ्य कार्यालय भोजपुरमा कार्यरत सुरेन्द्रकुमार बुढाथोकी पुरस्कृत भएका छन् । बुढाथोकीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट पुरस्कृत गरिएको हो । निजामती सेवा दिवसको अवसरमा उनलाई जिल्लामा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएको हो । आफू कार्यरत कार्यालयको सिफारिसका आधारमा बुढाथोकीलाई उत्कृष्ट कर्मचारी छनौट गरिएको निजामती कर्मचारीको आधिकारी ट्रेड युनियन भोजपुरका अध्यक्ष खड्ग पौडेलले बताए । उत्कृष्ट कर्मचारीका लागि बुढाथोकी सहित अन्य विभिन्न कार्यालयबाट १७ जनाको नाम सिफरिस गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

जिल्लामा कार्यरत कर्मचारीमध्येबाट आफूलाई छनौट गरी सम्मान गरिएकोमा आफूलाई खुसी महसुस भएको उनले बताए । बुढाथोकीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारी र जिल्ला अदालत भोजपुरका जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तले नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

त्यस्तै सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरका प्रमुख भक्तिप्रसाद भट्टराईलाई निजामती सेवा पुरस्कार प्रदान गरेको छ ।निजामती सेवा दिवसको अवसरमा मन्त्रिपरिषदको भदौ २१ को निर्णयअनुसार भट्टराई निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार