
भोजपुर २२ भदौ । भोजपुरमा स्थानिय तहका ६ जना जनप्रतिनिधिले मात्र नेकपा एकीकृत समाजबादी रोजेका छन् । षडानन्द नगरपालिकाका तीन भोजपुर नगरपालिकाका दुई, र टेम्केमैयुङ गाउँपालिका एक जनाले मात्र एमाले छोडेका हुन् । मंगलबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर भोजपुर नगरपालिका उप मेयर ममिता राई, वडा सदस्य राधिका तामाङ, टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष इन्द्रवती राइले नेकपा एकीकृतमा सनाखत गएका हुन् । त्यस्तै षडानन्द नगरपालिकाका कार्यापालिका सदस्यद्धोय सुमन राई, गोविन्द विक र वडा सदस्य विशाल राईले नेकपा एकीकृतमा सनाखत गराएको उम मेयर ममिता राईले जानकारी दिइन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरले साँझ ५ बजेसम्म सनाखत गर्ने समय रहेकोले यो संख्या बढ्न सक्ने जनाएको छ । यस अघिनै प्रदेश सभा सदस्य राजेन्द्र कुमार राई राष्ट्रिय सभा सदस्य जयन्ती राईले नेकपा एकीकृत समाजवादीमा सनाखत गराई सकेका छन् ।
लोसपामा भने अहिले ४ बजेसम्म कसैले पनि सनाखत नगराएको निर्वाचन कार्यालयले जनाएको छ ।