पौवादुङमा गाउँपालिकाद्धारा फलफूलको विरुवा वितरण


भोजपुर, १७ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाकाले स्थानीय कृषकलाई फलफूलको विरुवा वितरण गरेको छ । गाउँपालिकाले एभाकार्डका ६ हजार विरुवा वितरण गरेको हो । त्यस्तै केहि दिनमा एक हजार लिची र एक हजार आँपको विरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए । गाउँपालिकाको वडा नं – ५ सानोदुम्मा र वडा नं– ६ ठुलोदुम्माको तल्लो भेगलाई आँपको पकेट क्षेत्र घोषणा गरेर किसानहरुलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । त्यस्तै श्यामशिलालाई किवी र बास्तीमलाई बाख्राको पटेक क्षेत्रको रुपमा विस्तार गरिएको अध्यक्ष राईको भनाइ छ ।

अध्यक्ष राईले भने,‘‘ गाउँपालिकामा भौतिक निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानीसँगै विविध क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । कृषी क्षेत्रको विकासका लागि गाउँपालिकाको भुगोलको आधारमा पटेक क्षेत्र छुट्याएर नतिजामुखी काममा गाउँपालिका लागेको छ । यसले यहाँका स्थानीयको आर्थिक विकासमा टेवा पुग्नेमा हामी आशावादी छौँ । यसले भविष्यमा किसानको आयश्रोतमा जोड्ने छ ।’गाउँपालिकाले गत वर्ष चार हाजर एभोकार्डो र तीन हजार कागतीको विरुवा वितरण गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिईन् ।

यस वर्ष ७७ घार गोलासहितको मौरी वितरण गर्ने काम सम्पन्न भएको उनले जानकारी दिईन् । त्यस्तै पकेट क्षेत्रको रुपमा विस्तार गरिएको ठुलोदुम्मामा करिव ८० घार मौरीसहित मौरीपालनको लागि आवश्यक पर्ने यन्त्र उपकरणसमेत वितरण गरिने गाउँपालिकाको कृषी शाखाले जनाएको छ । गाउँपालिकाले कृषीमा लाग्ने कृषकलाई प्रोत्साहन गर्न आर्थिक तथा प्राविधिक सहयोगसँगै साना सिँचाई अन्तर्गत प्लाष्टिक पोखरी निर्माण लगाएतका काम पनि गर्दै आएको कृषी शाखाले जनाएको छ । त्यस्तै बाख्रापालनमा लागेका कृषकलाई उन्नत जातको बोयर बोकासमेत वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार