भोजपुर, १३ जेठ । भोजपुरमा दोस्रो चरणको कोरोना भाइरस (कोभिड -१९) बाट संक्रमित हुनेको संख्या २८७ पुगेको छ । बिहिबार ४७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८७ पुगेको स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ ।
दोस्रो लहरको कोभिड १९ मा जम्मा ३५५ जनाको पिसिआर रिपोर्ट आएकोमा १०० जनाको को कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालयको भनाइ छ । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ५१५ जनाको परिक्षण गरिएकोमा १८७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।जिल्लामा सवैभन्दा धेरै रामप्रसादराई गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन् । यस गाउँपालिकामा ७४ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै षडानन्द नगरपालिकामा ६३ जना, भोजपुर नगरपालिकामा ३९, हतुवागढीमा गाउँपालिकामा ५४, आमचोक गाउँपालिकामा नौ जना, पौवादुम्मामा गाउँपालिकामा सात जना, अरुणमा गाउँपालिकामा ३५ जना साल्पासिलिछो गाउँपालिकामा पाँच जना र टेम्केमैयुङ गाउँपालिकामा एक जना संक्रमित भएको कार्यालयको भनाइ छ।
जिल्लामा २३८ जना सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन् । ३४ जना संक्रमण मुक्त भएका छन्, भने भोजपुरमा कोरोना भाइरसको कारण दुई जनाको मृत्यु भएको स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।