भोजपुरमा कोरोना संक्रमितको संख्या १८९ पुग्यो, २४ घण्टामा ३६ नयाँ संक्रमित थपिए


भोजपुर, १० जेठ ।
भोजपुर जिल्लामा दोस्रो चरणको कोभिड -१९ बाट संक्रमित हुनेको संख्या १८९ पुगेको छ । आज ३६ जना थप भएसँगै संक्रमितको संख्या १८९ पुगेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
२८६ जनाको पिसिआर परीक्षण गर्दा २७१ को रिपोर्ट आएकोमा ९३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयको भनाइ छ । १५ जनाको रिपोर्ट आउन वाँकी रहेको कार्यालयले जनाएको छ । हालसम्म एन्टिजेन्ट परिक्षण विधिवाट २६४ जनाको परिक्षण गरिएकोमा ९८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

हालसम्म सबैभन्दा बढी षडानन्द नगरपालिकामा कोरोना संक्रमित देखिएका छन् । षडानन्दमा ५५ जनामा संक्रमण देखिएको छ भने साल्पासिलिछो गाउँपालिकामा कसैलाई कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै भोजपुर नगरपालिकामा २७, रामप्रसादराई गाउँपालिकामा ४६, हतुवागढीमा ३८, आमचोकमा नौ, पौवादुङमा गाउँपालिकामा तीन, अरुणमा गाउँपालिकामा दश र टेम्केमैयुङ गाउँपालिकामा एक जनामा संक्रमण देखिएको छ ।

भोजपुरका १६३ जना सक्रिय संक्रमित होम आईसोलेसनमा रहेकाछन् । जिल्ला वाहिर दुई जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा तीन जना रहेका छन् । दुई जना संक्रमितको जिल्ला वाहिर उपचार भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा २३ जना संक्रमण मुक्त भएका छन् भने एक जनाको काभिडका कारण निधन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार