हतुवागढी गाउँपालिकामा १ सय बढिलाई अपाङ्गता परिचयपत्र वितरण


भोजपुर, ३० चैत्र । भोजपुरको हतुवागढी गाउँपालिकामा ५ सय बढि अपाङ्गता भएका व्यक्तिले विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएका छन् ।

गाउँपालिकाका ९ वटै वडामा सञ्चालन भएको अपाङगता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य शिविर मार्फत ५ सय ५१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् भने १ सय ३५ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् ।

हतुवागढी गाउँपालिका, प्रदेश १ सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा गत चैत्र १७ गते देखि २५ गते सम्म शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ९ वटै वडाका सबै खालका अपाङ्गता भएका व्यक्तिको जनरल फिजिसियन, कान तथा आँखा विशेषज्ञ र फिजियोथेरापिष्ट सहितका चिकित्सकहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गरि परिचयपत्र वितरण गरिनुका साथै सहायक सामाग्री सिफारिस, जटिल प्रकृतिका अपाङगता भएका व्यक्तिलाई थप उपचारका लागी सिफारिस गरिएको करुणा फाउण्डेशन नेपाल भोजपुरका कार्यक्रम संयोजक राजेन्द्र पराजुलीले जानकारी दिए ।

जिल्लाका ९ वटै स्थानीयतहमा सञ्चालन हुने शिविर अहिले सम्म हतुवागढी गाउँपालिका सहित भोजपुर नगरपालिका, अरुण गाउँपालिका, पौवादुङ्मा गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकामा सम्पन्न भइसकेको छ । त्यस्तै आगामी वैशाख ३ गते देखि रामप्रसाद राई गाउँपालिका र आमचोक गाउँपाकिामा शिविर शुरु गर्ने र बाँकी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा पनि वैशाख महिना भित्र सम्पन्न गर्ने कार्यक्रम प्रमुख पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार