भोजपुर, २७ चैत ।
चार्जमा राखेको मोवाइल पड्किदा एक महिला घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका –१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । तामाङको हात, छाती लगाएत ठाउँमा चोट लागेको प्रहरीको भनाइ छ । घाइते तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुई केजी गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका ९ कोप्चेबाट २३ वर्षीय मनिस तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको प्रहरीले जनाएको छ ।