भोजपुरको सिक्रेटार वडा कार्यालयले वितरण गर्यो ‘राहत’


भोजपुर, ३० चैत ।
भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारले राहत कोष निर्माण गरेर लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गरेको छ ।वडा कार्यालयले वडाका जनप्रतिनिधि, वडा स्तरिय नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का पार्टी प्रतिनिधि, अरुण कृषि सहकारी संस्थाबाट रकम संकलन गरेर ३० जनालाई एक बोरा चामल, ५ किलोग्राम आलु, एक/ एक पोका तेल र नुन वितरण गरेको वडाध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए ।अझै बाँकी ७५ जनालाई पनि राहत वितरण गर्ने उनले बताए । वडाध्यक्ष अधिकारीले भने ,‘जनप्रतिनिधि ,वडाका पार्टी प्रतिनिधि, सहकारीबाट रकम संकलन गरेर लकडाउनका कारण समस्या परेका परिवारलाई राहत वितरण गरेका छौ, अन्यलाई पनि वितरण गर्ने तयारीमा छौ ।’

वडाका जनप्रतिधिले एक महिनाको सेवा सुविधाबाट ६५ हजार, वडाका पार्टी प्रतिनिधिबाट ३५ हजार, अरुण कृषि सहकारीबाट २० हजार रकम संकलन गरी कोष निर्माण गरेर राहत वितरण गरेको वडा कार्यालयको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार