भोजपुर २९ चैत्र । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरले जिल्ला प्रशासन कार्यालय भोजपुरलाई ४८० थान सावुन हस्तान्त्रण गरेको छ । ४१ औँ शिक्षक दिवसको अवसरमा कोभिड १९ को संक्रमण रोकथाममा केही सहयोग पुगोस भन्ने उदेश्यले सावुन हस्तान्त्रण गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका अध्यक्ष राजधन राईले बताए । विगतका वर्षहरुमा तालिम गोष्ठी तथा विविध कार्यक्रम गरेर मनाउने गरिएको भए पनि यस वर्ष भने विश्वनै कोरोनाको संक्रमणमा परेकोले सावुन वितरण गरिएको अध्यक्ष राईले बताए । शनिबार संगठनका अध्यक्ष राईले प्रमुख जिल्ला अधिकरी बसन्तराज पुरीलाई सावुन हस्तान्त्रण गरेका हुन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद लुईटेल, सशस्त्र प्रहरी वल टक्सार गुल्मका प्रमुख डिएसपी मोहन निरौला, नेपाल नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका उपाध्यक्ष ध्रुर्वराज रेग्मी, कोषाध्यक्ष विष्णु कुमार राई, नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुर नगर समिति अध्यक्ष योगराज लुईटेल लगाएतको उपस्थिती रहेको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरद्धारा ४८० थान सावुन हस्तान्त्रण
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office
-
पूर्वमुख्यमन्त्री राईले हेर्ने कथाका पात्र प्रकाशलाई प्रदान गरे जग्गा