हतुवागढी गाउँपालिकाले सिमा सुरक्षा गर्न म्यादी प्रहरी राख्ने


भोजपुर, २६ चैत ।
हतुवागढी गाउँपालिकाले कोरोना भाइरस(कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।गाउँपालिकाले सार्वजनिक सूचना निकालेर यसअघि निर्वाचनमा खटिएका तथा सेना प्रहरीबाट पेन्सनमा निस्किएकाहरूका लागि दरखास्त आव्हान गरेको हो ।

गाउँपालिकाले वडा नंं.-६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं. -७ को भँगालेटार, वडा नं.-९ पर्ने मचुवा, सिम्ले र चुहार सिमा नाकाबाट बिना अनुमती हुने आवतजावतलाई रोक्नको लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो ।

सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्काे जिल्ला, एक स्थानीय तहबाट अर्काे स्थानीय तह जान रोक लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भर्ना गरेर सुरक्षा दिन लागेको हो । गाउँपालिकाले म्यादि प्रहरीका लागि इच्छुकले सम्पर्क गर्न सूचना जारी गरेको हो । गाउँपालिकाले  बुधबार सम्म दर्खास्त दिन सकिने सूचनामा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार