भोजपुरमा अवैध रुपमा प्रवेश गर्ने २० जनालाई क्वारेन्टाइनमा राखियो


भोजपुर, २५ चैत्र ।
भोजपुरको षडानन्द नगरपालिकाले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलिरहेको अवस्थामा अवैध रुपमा नगर क्षेत्रमा प्रवेशका गरेका २० जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । लकडाउनको समयमा बाहिरी जिल्लामा घुरेर आएका उनीहरुलाई क्वारेन्टाइनमा राखेको हो । उनीहरुलाई वडा नं १४ बोयाको सिंहदेवी आधारभुत विद्यालयमा क्वारेन्टाइन निर्माण गरि राखिएको नगरपालिकाले जनाएको छ । बोया घर भएका २० जना नै जोगी रहेका छन् ।

उनी गत फागुन १८ गतेबाट पूर्वका जिल्लाहरुमा फेरी लगाउन निस्केकोमा लकडाउन शुरु भएपछि तीन देखि चार दिन सम्ममा लगाएर त्यहा आएको जनाइएको छ । सरकारले कोरोनाका कारण लकडाउन घोषणा गरेको अवस्थामा उनीहरु आएकोले आवश्यक सुरक्षाको लागि उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको नगरपालिका उपमेयर मेरिका राईले जानकारी दिइन् । क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मी रहेको उनको भनाई छ । उपमेयर राईले भनिन्,‘ सरकारले जारी गरेको लकडाउनको अवस्थामा अवैध रुपमा उनीहरु नगर क्षेत्रमा प्रवेश गरेकोले हामीले कोरोनाबाट बच्न आवश्यक सुरक्षाको लागि सवै जनालाई तत्काल क्वारेन्टाइन निर्माण गरेर राखेको हौ, उनीहरुलाई स्वास्थ्य सेवासंगै खानाको व्यावस्था नगरपालिकाले गरेको छ ।’

नगरपालिकाले कोराना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको समेत बताइन्। ‘हामीले कोराना संक्रमण फैलिन नगरपालिकाले गर्न सक्ने सवै काम गरिरहेको हौ, जसमा स्थानीयलाई जनचेतनासंगै मास्क तथा सावुन वितरण कार्यक्रम भइरहेको छ, भने लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारीमा छाक टार्ने तथा विपन्न परिवारलाई लक्षित गरेर राहत वितरण गर्ने तयारीमा छौ जसको कार्यविधि पार गरेर तत्काल काम गछौ।’ उनले भनिन् । नगरपालिकाकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । यस अघि क्वारेन्टाइनमा रहेका १३ जनाको स्वास्थ्य अवस्था राम्रो पाइएपछि उनीहरुलाई छाडिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार