विप्लव समूहका बारा जिल्ला इन्चार्ज पक्राउ


काठमाडौं । प्रहरी विप्लव समूहका बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य इन्द्रबहादुर नकडोलीलाई पक्राउ गरेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका १६ का नक्कडोली फागुन २५ गते बाराको जितपुरबाट पक्राउ परेका हुन् । पक्राउ परेका नकडोलीबाट पल्सर बाइकसहित ६ थान मोबाइल सो समूहसँग सम्बन्धित पर्चा र पम्प्लेट जफत गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले उनलाई सिमरा र फत्तेपुरमा रहेको एनसेल टावरमाथि आगजनी गर्ने नेतृत्व गरेको आरोप लगाउँदै मुद्धा दायर गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार