घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ गरेको छ । सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार र उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेको आयोगको बुटवल कार्यालयले जनाएको छ ।

चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा वुधबार दिउँसो यादव पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार