
काठमाडौँ । रेडियो नेपालका मुख्य संवाददाता प्रमोद दाहाल अग्निशिखा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रममा आज उहाँलाई अग्निशिखा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले अग्निशिखा पत्रकारिता पुरस्कारबाट प्रमोद दाहाल र ‘हृदयचन्द सिंह पत्रकारिता’ पुरस्कार सञ्चारकर्मी निर्मला शर्मालाई कदर पत्रसहित सम्मानित गर्नुभयो । उक्त दुवै पुरस्कारको राशी रु एघार हजार एक सय एघार रुपिया रहेको छ ।






















