भोजपुर २३ मङसिर । भोजपुरको षडानन्द नगरपालिकामा निजि आवास पुननिमार्ण अनुदान कार्यक्रमलाई थप प्रभावकारी बनाउने सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएको छ । सदरमुकाम केन्द्रित मात्र नभएर स्थानीयतह सम्म पुगेर अनुदानको विषयमा लाभग्राहिलाई जानकारी दिएर पुननिमार्णको कामलाई अगाडि बढाउने उद्देश्यले गोष्ठिको आयोजना गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरका प्रमुख राजन राज रेड्डिले जानकारी दिए ।
अनुदानका विषयमा जानकारी दिदै इकाई प्रमुख रेड्डिले षडानन्द नगरपालिकामा १ हजार ५७ लाभग्राहि संख्या रहेकोमा ९ सय ९७ ले पहिलो किस्ता, ८ सय ४४ ले दोस्रो किस्ता र ६ सय ३४ जनाले तेस्रो किस्ता लिइएको जानकारी दिए । त्यस्तै प्रवलिकरण तर्फ ८२ जना लाभग्राहि रहेकोमा १६ जनाले पहिलो किस्ता लिएका छन् । गोष्ठी मार्फत इकाई प्रमुख रेड्डिले पौष मसान्त सम्म पहिलो किस्ता त्यसैगरी दोस्रो र तेस्रो किस्ता माघ मसान्त सम्म लिइसक्नु पर्ने बताए । साथै उनले पुननिमार्णको कामलाई समयमै सम्पन्न गराउनका लागि सबैलाई सहयोग गर्न आग्रह गर्दै लाभग्राहिलाई पनि समयमै अनुदान लगेर घर पुननिमार्ण गर्न आग्रह गरेका छन् ।






















