धरानमा नेकपाले मतान्तर घटायो


धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनअन्तर्गत वडा नं १५ को मतगणना सकिँदा नेकपाले मतान्तरण केही घटाएको छ। मतान्तर घटे पनि कांग्रेस अझै ४७७ मतले अगाडि छ। वडा नं १५ मा नेकपाले कांग्रेसभन्दा २ सय ६८ मत बढी पाएको छ। नेकपाले पाएको यो मत घटाउँदा पनि कांग्रेसले अझै ४ सय ७७ मतले अग्रता भने कायमै राखेको हो। वडा नं १५ मा नेकपाले ३३४७ मत पाएको छ भने कांग्रेसले ३०७९ मत पाएको छ। अहिलेसम्म नेपाली कांग्रेसले पाएको मत १० हजार ९ सय ९४ छ भने नेकपाले १० हजार ५ सय १७ मत पाएको छ। अहिले वडा न १२ र १३ को मतगणना चलिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार