भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्वर एकमा शान्तिपुर्ण रुपले मतदान सुरु , विहान १० बजे सम्म २ सय ७६ मत खस्यो


भोजपुर १४ मङ्सिर ।
भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्वर एकमा वडा अध्यक्षका लागि भएको निर्वाचन शान्तिपुर्ण रुपले भई रहेको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले बताए । निर्वाचन विहान ७ः३० सुरुभएको जिल्ला निर्वाचन कार्यालय भोजपुले जनाएको छ । मतदान कार्यमा मतदाताको उत्साह जनक सहभागिता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विहान १० बजे सम्म दुईवटा मतदान केन्द्रमा जम्मा २ सय ७६ मत खसेको छ । जसमा क मतदान केन्द्रमा ६५ महिला, र ७२ पुरुष तथा ख मतदान केन्द्रमा ८६ महिला, १ सय २८ पुरुले मतदान गरिसकेका छन् । वडा अध्यक्ष पदको लागि नेकपाको तर्फबाट जितेन्द्र राई, नेपाली काङग्रेसको तफबाट समरबहादुर कार्की र मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईले उमेदवारी परेको छ । उपनिर्वाचनमा एक हजार ६१६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा ८९२ महिला र ७७४ जना पुरुष रहेका छन् । कडा सुरक्षाको विच भएको मतदानमा ८२ बर्षीया बृद्धा धनमाया राईले पनि मतदान गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार