काडठमाडौं, ११ मंसिर । दक्षिण एसियाली खेलकुद ९साग० को १३औं संस्करणको पहिलो खेलमा नेपाल विजयी भएको छ।त्रिपुरेश्वर स्थित राखेपको कवर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको हो। तीनै सेट जितेको नेपालले तीन अंक प्राप्त गरेको छ।
पहिले र दोस्रो २५–९ ले विजयी भएको नेपाल अन्तिम सेटमा २१–१ ले विजयी भयो। पहिलो सेटमा सरस्वती चौधरीले सर्वाधिक ५ पोइन्ट, प्रतिभा मालिले ४ पोइन्ट र रेस्मा भण्डारीले ३ पोइन्ट जोडिन।त्यस्तै दोस्रो सेटमा प्रतिभाले ६, सरस्वतीले ४, हीरा केसीले ३, ऊषा भण्डारीले ३ पोइन्ट जोडेकी थिईन। खेलमा नेपालकी १६ बर्षीया ऊषा भण्डारीले राष्ट्रिय महिला भलिबल टिममा डेब्यु समेत गरिन्।औपचारिक रुपमा खेल उद्घाटन हुन पाँच दिन बाँकी भएपनि प्रतिस्पर्धा आजैबाट सुरुवात भएको हो। खेलनेपाल अरुणा शाहीको कप्तानीमा मैदान उत्रिएको छ। भलिबलबाहेक अन्य खेल भने उद्घाटनपछि नै हुनेछन्। एक राष्ट्र भुटानको भलिबलमा सहभागिता छैन।
दुई साताअघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन नेपाल उच्च मनोबलका साथ कोर्टमा उत्रिएको थियो।अर्को खेल नेपालले भारतसंग आगामी शुक्रबार प्रतिस्पर्धा गर्ने छ। नेपाली महिला टोली सागमा स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ।आजै पाँच बजे बंगलादेशसंग नै पुरुष भलिबल हुने छ।