काठमाडौं, २० कातिक ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी प्रयोजनका लागि चाहिने सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बेसक्याम्प सेमरी नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानेन्द्रकुमार मौर्यविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिइएको टोलीले निज मौर्यलाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको अवस्थामा प्रतापपुर गाउँपालिका–२ स्थित नौलो किराना पसलबाट नियन्त्रणमा लिएको थियो।यसैगरी स्थानीय बजारबाट मालसामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपछि पनि सेवाग्राहीसँग भन्सार शुल्क बाहेक २० हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बिओपी भनजी कैलालीको घुमुवा सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीविरुद्ध पनि आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
दुई सशस्त्र प्रहरीविरुद्ध आरोपपत्र दायर

-
गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम ः पौवादुङमाका उत्कृष्ट अंक ल्याउने १६ विद्यार्थी पुरस्कृत
-
वातावरण जोगाउने अभियानः भोजपुरमा सगरमाथा वृक्षरोपण सुरु
-
हतुवागढीद्धारा ५४ करोड ७९ लाख बजेट पेश
-
अरुण गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ४८ करोड १० लाख बढीको बजेट पारित
-
रामप्रसादराई गाउँपालिका गाउँ सभाको १९ औँ अधिवेशन सम्पन्न , ४६ करोड ७४ लाख बढीको बजेट पारित
-
टेम्केमैयुङको २० औँ गाउँसभाको पहिलो बैठक सम्पन्न, ५५ करोड ११ लाख बढीको बजेट पेश
-
षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न, सेवा प्रवाह र पूर्वाधार विकासलाई प्राथमिकता
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश
-
बाँदर आतंक नियन्त्रण गर्न नयाँ रणनीति : पौवादुङमाले ल्यायो बाँदर बन्ध्याकरण कार्यक्रम





















