भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ५ मा रहेको कात्तिके पुलवाट हाम्फालेर एक महिला वेपत्ता भएकी छिन् । षडानन्द नगरपालिका ६ का बावुराम विककी २१ बर्षीया श्रीमती ललिता बिक अरुण नदिमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ । श्रीमान् र ३ वर्षीया छोरीको साथमा माइत संखुवासभाको सित्तलपाटीबाट घर फर्किने क्रममा बुधवार मध्यान्न करिब १ः४० बजे कत्तिकेघाटको पुल्देखी हाम्फलि बेपत्ता भएको इप्रका ले जनएको छ। करिव १० मिटर तलसम्म अरुणमा देखिएको र त्यस पछि डुवेकोस्थानिय हरुले बतए। श्रीमान् र ३ बर्षीया छोरी प्रहरीको साथमा रहेका छन् ।
स्थानिय र प्रहरीले तुर्केपुल, सतिघाट लगायतका क्षेत्रमा तीव्ररुपमा खोजीकार्य गरिरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख अमतलाल माझीले वताए ।