श्रोत नखुलेको रकमसहित दुई जना पक्राउ


जनकपुरधाम, ९ कात्तिक । श्रोत नखुलेको नेपाली र भारतीय रकमसहित महोत्तरीको छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेका छन् । दुवै जना चेकजाँचका क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।

जलेश्वर नगरपालिका ३ स्थित भिठामोडबाट रु ५ लाख ७५ हजारसहित जनकपुरधाम उप(महानगरपालिका निवासी ३२ वर्षीय विजय महासेठलाई पक्राउ गरिएको छ ।

यस्तै जिल्लाको मटिहानी नगरपालिका ६ निवासी जीवनकुमार पूर्वेलाई रु ११ लाख नेपाली रकमसहित पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । उनलाई मटिहानी नगरपालिका २ बाट चेकजाँचका क्रममा पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार