ललितपुर, ९ कातिक। शुक्रबारबाट यो वर्षको यमपञ्चक अर्थात् तिहार सुरु भएको छ । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म यो चाड मनाइने गरिन्छ । शुक्रबार साँझ यमराजलाई दीपदान दिएपछि यमपञ्चक सुरु भएको हो । परिवारका सदस्य संख्याका आधारमा यमदीप दान गरिन्छ । यस्तै धनतेरस पर्व अपराह्नमा गर्ने हुँदा त्रयोदशी तिथि शुक्रबार अपराह्नमा सुरु भएकाले शुक्रबारै मनाइएको छ ।
झिलीमिली, फूलैफूल र रंगीचंगीको चाड तिहारलाई यमपञ्चक पनि भनिन्छ । यम पञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै छ । हरेक वर्षको कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । अत्यन्त चलाख पक्षीका रूपमा रहेको कागलाई सन्देशवाहक मानिन्छ । कागलाई मीठामीठा खानेकुरा खान दिई पूजा गरेर कागतिहार मनाइने चलन छ । पौराणिक कथाअनुसार कागले सन्देशवाहकका रूपमा मानवजातिलाई सहयोग गरेको मान्यताअनुसार तिहारको पहिलो दिन कागलाई पुज्ने गरिन्छ । कागलाई यमदूतका रूपमा पनि पुज्ने चलन रही आएको छ । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा९फट्यांग्रा खाइदिन्छन् । कागलाई हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विभिन्न शब्दले जोड्ने गरिन्छ ।
खुसीयाली र उमंग बोक्ने चाड तिहारमा देउसी भैलीको रमझम, घरघरमा गरिने दीपावली, विभिन्न फूलको प्रयोग, विभिन्न पशुपंक्षीको पूजा एवं दाजुभाई तथा दिदी बहिनीको माया स्नेह यो चाडले झल्काउने गरेको छ ।
धनवन्तरी जयन्ती आज
कार्तिक कृष्ण त्रयोदशीकै दिन शनिबार आर्युवेदका प्रणेता धनवन्तरी जयन्ती पनि मनाइँदै छ । समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा धन्वन्तरी दिवस मनाउने गरिन्छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । धन्वन्तरीलाई भगवान् विष्णुको अंशका रूपमा लिने गरिन्छ । धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ संकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गरेका छन् । आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवीको स्थापना भएदेखि नेपालमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा विक्रम संवत् २०५६ सालदेखि मनाउन थालिएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र म्हः पूजा र कात्तिक १२ गते मंगलबार गोवद्र्धन पूजा, भाईटीका, किजापूजा र नेपाल संवत् मनाउनुपर्ने समितिले जनाएको छ । केही नेवार समुदायले भने १२ गते म्ह पूजा र १३ गते किजापूजा ९भाइटीका० गर्ने तयारी गरेका छन् । उनीहरूकै मागलाई सम्बोधन गर्दै सरकारलाई बताएपछि सरकारले १३ गते पनि सार्वजनिक बिदा दिएको छ ।
भाइटीका साइत ११ ः ५५ बजे
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको जनाएको छ । यस दिन दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित मुहूर्तको शुभसाइत बिहान ११ः५५ बजे रहेको समितिले जनाएको छ । ‘यो साइत राजा, राज्य प्रमुखका लागि मात्र हो, समितिका अध्यक्ष गौतमले भने, ‘अरूले आफ्नो समयअनुकूल दिनभर नै टीका लगाउन हुन्छ ।’
यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा ९मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान÷दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महŒव छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफना दिदीबहिनी र दाजुभाइको सुख, समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तनिर्हित छ ।






















