
भोजपुर, ६ कात्तिक । निमोनियाका कारण ज्यान गुमाएका सहचालकका परिवारलाई यातायात व्यवसायीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् ।
भोजपुर–धरान सडकमा चल्ने चल्ने बसमा सहचालकको रुपमा काम गर्दै आएका अरुण गाउँपालिकाको जरायोटारका सुशन श्रेष्ठको परिवारलाई नेपाल यातायात मजदुर संघ भोजपुर र सिद्धकाली यातायात प्रा.लि. भोजपुरले आर्थिक सहयोग गरेको हो ।
मजदुर संघका तर्फबाट ३६ हजार २ सय ९० र सिद्धकाली यातायात प्रा.लि.को तर्फबाट ६ हजार मृतक श्रेष्ठकी दिदी गीतालाई प्रदान गरिएको थियो । रकम भोजपुर नगरपालिका ७ बसपार्कस्थित काउण्टरबाटै नेपाल यातायात मजदुर संघ भोजपुरका अध्यक्ष महेश राईले हस्तान्तरण गरेका हुन् ।
भोजपुरबाट धरान जाने बसमा सहचालक भइ काम गर्दै आएकाा १८ वर्षीय श्रेष्ठ बसमै एककासी विरामी परेपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ पनि श्रेष्ठको उपचार नभएपछि थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा गत असोज २६ गते मृत्यु भएको थियो ।




















