दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड


धरान । नेपालकै प्रमुख शक्तिपीठमध्ये धरान १४ विजयपुरमा रहेको दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड लागेको छ । प्रदेश नं। १ कै धार्मिक महत्व बाकेको यस मन्दिरमा नेपाल अधिराज्यभरिमात्र हैन भारतका केही स्थानबाट समेत बोका बलि दिन आउने गरेका छन् । असत्यमाथि सत्यको विजय भएको पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार देश तथा विदेशबाट यस मन्दिरमा बोका, हास बलिदिने को घुइचो लाग्ने गरेको हो । दन्तकाली मन्दिरका पूजारीका सहयोगी मोहन भुजेलले दशैको अष्टमी, नवमी र दशमीमा यहा सर्वसाधाणले बोका, हास बलि दिने गरेको बताउनुभयो । उहाले विगतमा अष्टमीमा दिनमात्र १ सय ५० वटा बोका, २ सय भन्दा बढी हासको दन्तकालीमा बलि चढाइएको भए पनि यस पटक लागातारको बर्षाद्का कारण सर्वसाधारणका घुइचो कम भएकोले त्यतिका संख्या नपुग्ने बताउनुभयो ।पछिल्लो समय बलि दिने वा नदिने विषयमा बहस चुलिएको छ । पशुअधिकारकर्मीहरुले बली दिनु नितान्त गलत भएको बताइरहदा मन्दिरमा बली दिन पुगेकाहरुले धार्मिक आस्थाका कारण बलि दिनु ठीक भएको तर्क राख्ने गरेका छन् । धरान ८ का उमेश श्रेष्ठले परापूर्वकालदेखि परम्परागत रुपमा बलि प्रथाको प्रचलन भएकोले धार्मिक तथा सांस्कृतिक आस्थाका कारण पनि दन्तकालीमा बाबा बलीका लागि ल्याएको बताउनुभयो ।

त्यसो त बुद्धिजीवी सर्कललले समेत यसलाई सकारात्मक रुपमा लिने गरेका छन् । शिक्षाविद्, साहित्यकार तथा समाजसेवी प्रा।डा। टंकप्रसाद न्यौपानेल पछिल्लो समय धर्म परिवर्तनसंगै धार्मिक तथा सांस्कृतिक विचलन बढेको बताउनुहुदै धर्म संस्कृतिलाई जीवन्तता राख्न पनि आफ्नो धर्म संस्कृतिलाई युवा पुस्तासम्म पु¥याउदै निरन्तता दिन आवश्यक रहेको बताउनुभयो । त्यसो त सर्वसाधारण भन बलि दिनु राम्रो कार्य नभएको बताउने गरेका छन् । देवी देवताले बलीको आशा नगर्ने तर आफ्नो स्वार्थ पूर्ति गर्न देवी देवताको नाममा बलि दिने प्रचलन भएकोले यसलाई हटाउन जरुरी रहेको बताउने गरेका छन् ।

दशैलाई रामले रामायणलाई मारेको तथा देवी दुर्गाले दैत्यलाई मारेको कथासंग जोडिएका कारण पनि विजय जुलुसको रुपमा दशैलाई लिने गरेकाले बलीको प्रथा शुरुवात भएको केही बुद्धिजीविहरुको तर्क छ । पछिल्लो समय पशु अधिकारकर्मीहरुले बलिको विरोध गर्दै आइरहेका छन् । धार्मिक त था सांस्कतिक विचलनका कारण बलिदिने काम यथावथ रहेको छ भने पशु अधिकारकर्मीहरुको अभियानका कारण विगतमा भन्दा बलि दिने प्रथामा केही हटेको भान समेत भएको छ । धार्मिक सांस्कृतिलाई जोगाउदै बलि प्रथाको अन्त्य नै सकारात्मक सन्देश भएकोले यसतर्फ सबै लाग्नुपर्ने अधिकांशको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार