षडानन्दको प्रशासनिक भवन शिलान्यास


भोजपुर, २८ असोज ।
भोजपुरको षडानन्द नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । आइतबार नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास र उप–प्रमुख प्रमिला राईले भवनको शिलान्यास गरेका हुन् ।

नगरपालिका र संघ सरकारको साझदारीमा आठ करोड ६५ लाख लागतमा हलसहित ६० कोठे चार तले भवनको शिलान्यास गरिएको हो ।भवन निर्माणपछि कार्यालयको कार्य सम्पदानमा सहजता हुने नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले बताए ।

‘भवनको शिलान्यास गरेका छौँ’ प्रमुख उदासले भने,‘चुनावको समयमा नगरपालिका झ्याउपोखरी लैजान्छ भनेर हल्ला पनि चलाइयो । तर मेरै कार्यकालमा भवन जुटेको छु । यो प्रशासकीय भवन निर्माणको लागि निकै मेहनत गरेका छौँ ।’ भवन आगमी वर्ष भित्र निर्माण हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार