विविध कार्यक्रमसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले पार्टी पुनर्गठन दिवसमा मनाउँदै


भोजपुर, ५ मङ्सिर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले पार्टी पुनर्गठन  दिवस विभिन्न कार्यक्रमसहित मनाउने भएको छ । पार्टीले मङ्सिर ६ गतेदेखि ८ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गरी पुनर्गठन दिवस भव्य रूपमा मनाउन निर्देशन दिएको हो ।
भोजपुरमा पार्टीको परिपत्र अनुसार मङ्सिर ६ गते साहित्यिक कार्यक्रम, मङ्सिर ७ गते सरसफाइ तथा प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ  । त्यस्तै, मङ्सिर ८ गते देशव्यापी उत्सव आयोजनासँगै कम्युन मार्ग उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज त्रिलोचन सीले  जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार