भोजपुर –दिङला सडक कालोपत्र योजनाको निरन्तरताको माग गर्दै दुई नगरको ध्यानाकर्षण


भोजपुर, १७ असार ।
भोजपुर– दिङला सडक कालोपत्रको योजनालाई निरन्तरता दिन भोजपुर र षडानन्द नगरपालिकाले कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएका छन् । प्रदेश सरकारले यसै आर्थिक वर्षमा  कालोपत्र गर्न ठेक्का प्रक्रिया गरेको यो सडक निर्माणमा अन्यौलता देखिएकाले त्यसको निरन्तरताको माग गरेका हुन् ।
भोजपुर नगरपालिकासँगै उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका जनताले सडकको स्तरोउन्नती तथा कालोपत्रे नभएको एवं अरुण नदिमा पुल नहुँदा सास्ती भोग्नु परेको भन्दै दुई नगरले ध्यानाकर्षण गराएका हुन् ।
जिल्लाको गौरवको योजना भएकाले श्रोत सुनिचिस्तता गरि यसै आर्थिक वर्षबाट सडक कालोपत्रको काम सुचारु गर्न ध्यानाकर्षण पत्र मार्फत माग गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए ।
‘दिङला– भोजपुर सडक निर्माण जिल्लाको गौरवको आयोजना हो’ प्रमुख उदासले भने,‘ठेक्का प्रक्रियामा रहेको उक्त सडक श्रोत सुनिचिस्तता नभएको भन्दै काम अवरोध हुने अवस्थामा छ । दुई नगरपालिकाले सरकारको ध्यानाकर्षण गराएका छौँ । जस्तो सुकै परिस्थितिमा पनि यो सडक कालोपत्रको काम रोकिनु हुन्न भन्ने हाम्रो माग छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार