हतुवागढीको प्रशासनिक भवन शिलान्यास


भोजपुर, १३ मङ्सिर ।
भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् ।
भवन नहँुँदा समस्या रहेको बताउँदै गाउँपालिका अध्यक्ष राईले नयाँ भवन निर्माण पश्चात सेवा प्रवाहमा सहजता हुने बताए।“प्रशासनिक भवन नहँुदा सेवा प्रवाहमा समस्या छ”अध्यक्ष राईले भने,“नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता हुनेछ । भवनलाई समयमा सम्पन्न गराउन गाउँपालिकाले पनि आवश्यक भूमिका खेल्ने छ ।”


चार तले प्रशासनिक भवन भ्याटसहित सात करोड ५० लाख ४४ हजार १३७ रुपैँया लागतमा निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश निरौलाले जानकारी दिए । भवनको निर्माण अवधि दुई बर्ष रहेको प्रशासकिय अधिकृत निरौलाको भनाइ छ ।

“गाउँपालिकाको भवन प्रशासनिक भवनको शिलान्यास भएको छ” प्रशासकिय अधिकृत निरौलाले भने,“भवनको निर्माण अवधि दुई वर्ष रहेको छ ।”भवन निर्माणको जिम्मा पिएमके कि वेस्ट जेभी काठमाण्डौले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार