भोजपुरमा १३ शिक्षक र कर्मचारी ल्यापटप


भोजपुर, ५ असोज ।
भोजपुर नगरपालिका –५ बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न १३ जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई भोजपुरको तर्फबाट ९ ओटा र विद्यालयको आन्तरिक श्रोतबाट ४ ओटा गरि ६ लाख वरावरको ल्यापटप वितरण गरिएको विद्यालयका शिक्षक लक्ष्मण जोशीले जानकारी दिए । ल्यापटप जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

त्यस्तै विद्यालयमा गठित सगरमाथा टिन्स क्लवको आयोजना तथा वडा नम्वर ५ को आर्थिक सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरिएको छ । आज नै विद्यालयमा आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार