दशैँका लागि असोज ५ गतेदेखि टिकट खुल्ने


काठमाण्डौ, २६ भाद्र । दशैँका लागि अग्रिम टिकट ुबुकिङु असोज ५ गतेदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच विहिबार भएको छलफलमा असोज ५ गतेदेखि अग्रिम टिकट खुलाउने सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उज्यालोलाई जानकारी दिए।

छलफलमा दशैँअघि भाडा नबढाउने पनि सहमति भएको छ । छलफलमा व्यवसायीले देशैभरिको सडक बिग्रिएको भन्दै गाडी चल्न सक्ने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रिय राजमार्गदेखि स्थानीय रुटसम्मका सबैजसो सडकमा पहिरो गएको र खाल्डाखुल्डी धेरै भएकाले गन्तव्यमा समयमै गाडी नपुगेमा आफूहरु जिम्मेवार नहुने कुरा राखेको पनि सिटौलाले बताए ।

‘देशैभरिका सडकको हालत अत्यन्तै नाजुक छ, यस्ता बाटोमा कसरी गाडी चलाउने हो भनेर हामीले प्रश्न गरेका छौँ, दशैँअघि सबै सडक अस्थायीरुपमा भए पनि मर्मत गर्नुपर्छ ।’ सिटौलाले भने ।

यस्तै व्यवसायीले यस पटकको दशैँमा धेरै गाडी नथपिने जनाएका छन् । बैंकले ऋण दिन आनाकानी गरेको, प्रदेशहरुले फरक फरक कानुन बनाएको र सार्वजनिक यातायातलाई दिगो बनाउन सरकारले पहल नगरेकाले नयाँ गाडी नथपिएको व्यवसायीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार