डक डिभिजनका प्रमुखसहित ३ जना घुस लिँदालिँदै पक्राउ


पोखरा, २४ साउन। सडक डिभिजन कार्यालय, पोखराका कार्यालय प्रमुख सहित ३ जना ठूलो रकम घुससहित पक्राउ गरेका छन् ।सडक कार्यालय प्रमुख हरिकुमार पोख्रेल र इञ्जिनियर

पवित्रमणि आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय पोखराले विहीवार ९ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गर्न सफल भएको हो । पोखरेल र आचार्यसँगै निर्माण व्यवसायी ऋषि गौतम पनि पक्राउ परेका छन् ।विहीबार साँझ प्रमुख पोखरेलकै निवासबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुस रकम दिई भागेका गौतमलाई भने प्रहरीले पोखरा ५ मा रहेको उनकै निर्माण कम्पनी जिएमआर निर्माण सेवाबाट नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार सडक डिभिजन कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी निर्माण व्यवसायी गौतमले सो रकम बुझेका थिए । अख्तियारका क्षेत्रीय प्रमुख काशीराज दाहालले घटनाको पुष्टि गर्दै यसबारे आफ्नो टोलीले अनुसन्धान जारी राखेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार