भोजपुरमा एक वर्षमा ९९ सम्वन्ध विच्छेदका मुद्धा , ३६ ओटा मुद्धा पुरुषले दर्ता गराए


भोजपुर, २३ साउन । भोजपुरमा पछिल्लो समय सम्बन्ध विच्छेदका मुद्धामा बृद्धि भएको पाईएको छ । जिल्ला अदालत भोजपुरको तथ्याङक अनुसार गत आर्थिक वर्षमा मात्र ९९ ओटा मुद्धा दर्ता भएका छन् ।

जसमा ३६ ओटा मुद्धा पुरुषले दर्ता गराएका छन् भने बाँकी महिलाले दर्ता गराएको अदालतले जनाएको छ । पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गर्न सक्ने नयाँ कानुनी व्यवस्थाको प्रयोग गर्दै ३६ जना पुरुषले जिल्ला अदालतमा मुद्धा दर्ता गराएका हुन् ।भदौ १ गतेदेखि लागू भएका पाँचवटा नयाँ कानुनमध्ये ‘मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ मा उल्लेखित व्यवस्थाको प्रयोग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन् ।

कार्यालयका अनुसार वैदेशिक रोजगारी, अविश्वास र रकम हिनामीना, सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसा लगाएतका कारण सम्बन्ध विच्छेद घटना बढ्दै गएको हो । विगत दुई आर्थिक वर्षको तथ्यांक अनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्ध विच्छेदका मुद्दा बढेको अदालतको भनाई छ । गत आर्थिक वर्षमा परेका ९९ वटा मुद्धा मध्ये ८३ वटा मुद्धा फर्छ्यौट भएका छन् भने १६ वटा मुद्धा बाँकी रहेको जिल्ला अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार