राजधानीबाट विप्लव समूहका तीन नेता पक्राउ


प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जनालाई राजधानीबाट पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो। काठमाडौंको बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ। पक्राउ परेकामध्ये डम्बरबहादुर गुरुङले पार्टीले निष्कासन गरेको भनिए पनि त्यसको आधिकारिक पुष्टि हुन भने सकेको छैन। उमाको हाल पार्टीको हैसियत खुलेको छैन। उनी प्रचण्ड माओवादीमा हुँदा पाँच वर्षअघि तमु मुक्ति मोर्चाको केन्द्रीय सदस्य थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार