मोरङको बेलबारीमा डेंगुका कारण एकको मृत्यु


बेलबारी, ८ साउन । पछिल्लो समय तराई क्षेत्रमा फैलिएको डेंगुका कारण बेलबारीमा एक जनाको ज्यान गएको छ । बेलबारी नगरपालिका ३ सुन्दर टोलका शिवराज गुरुङको मंगलबार बिहान ३ बजे उनको निधन भएको हो । सुनसरीको धरानबाट शुरु भएको डेंगु सुनसरी,मोरङ,झापा लगायतका जिल्लामा फैलिएको छ । डेंगुका कारण दर्जनौ मानिसहरुको ज्यान गईसकेको छ ।

करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्युकरेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन् ।

आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार