पत्रकार कुटपिट गर्ने थापा पक्राउ


कैलाली, २३ वैशाख । पत्रकार कुटपिट गर्ने ब्यापारी तेजेन्द्र थापा पक्राउ परेका छन् ।

दिनेश एफएम र दिनेश खबर डटकमका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्ने थापालाई आइतबार बेलुका ७ बजे धनगढीको एल एन चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध सोमबार मुद्दा चलाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । तत्कालीन एमालेका जिल्ला कमिटी सदस्यसमेत रहेका थापाले धनगढीको त्रिनगर माध्यमिक विद्यालयले भाडामा दिएका सटरको समाचार संकलन गर्न गएका विष्टलाई समाचार संकलन गरिरहेका बेला थापाले कुटपिट गरेका थिए ।

रिपोर्टिङ गरिरहेका बेला विष्टलाई विद्यालयका प्रधानाध्यापककको कार्यकक्षमा पुगेर कुटपिट गरेर भागेका थिए । विष्टको मुखमा चोट लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार