
भोजपुर, १६ बैशाख ।
भोजपुरको प्रसिद्ध शिद्धकाली मन्दिरमा पाँच दिने यज्ञ सञ्चालन हुने भएको छ । पहिलो पटक सञ्चालन हुन लागेको बहुधार्मिक एंव बहुसांस्कृतिक यज्ञको विषयमा आज पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । यज्ञ यहि बैशाख २१ गतेबाट ५ दिन सम्म सञ्चालन जानकारी दिईएको छ । सवै ओमकार परिवारलाई एक शुत्रमा वाध्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको कार्यक्रममा हिन्दु, वौद्ध, किरात, जैन सिख धर्मका गुरुहरुले प्रवचन दिने आयोजकले जनाएको छ ।

अहिले धर्मको नाममा किनवेच शुरु भएकोले त्यसबाट बचाउनको लागि सवै धर्ममा आस्था राख्ने गूरुहरुलाई एकै ठाउँमा उभ्याएर सन्देश दिइने गुरु श्रीहरि लक्ष्मणले वताए । साथै सो अवसरमा ११ लाख दिपद्धारा शिद्धकाली माताको महाआरति गरिने भएको छ ।
त्यस्तै सम्पूर्ण जातीको संस्कार संस्कृति झल्कने झाँकी प्रर्दशन,लगाएत अन्य विविध कार्यक्रम पनि सञ्चालन हुने आयोजक हिन्दु जागरण नेपाल जिल्ला कार्यसमिति भोजपुरका अध्यक्ष वोधराज अधिकारीले जानकारी दिए ।
पत्रकार सम्मेलन मार्फत कार्यक्रम सञ्चालनको लागि लाग्ने अनुमानित खर्चका विषयमा पनि जानकारी दिइएको छ । कार्यक्रममा करिब रु. पाँच लाख रुपैया खर्चहुने अध्यक्ष अधिकारीले बताए । साथै उनले यो महान पुण्य कार्य भएकाले सहभागी हुन सवैलाई आग्रह समेत गरे ।




















