छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


मेलम्ची, २२ माघ । सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै घटनामा आज दुईको मृत्यु भएको छ ।
विद्युत्को तार चलाउने क्रममा करेन्ट लागेर मेलम्ची नगरपालिका–१२ निवासी आइमान तामाङको मृत्यु भएको छ । करेन्ट लागेर उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कमा स्थानीय वीरबल तामाङ गोठमा मृत अवस्थामा फेला परेको स्थानीयवासीले बताएका छन् । पहिचान हुन नसकेको उक्त शवलाई परीक्षणका लागि मेलम्ची स्वास्थ्य चौकी ल्याइएको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार