भोजपुर च्याङ्ग्रेका २० जेष्ठ नागरिक सम्मानित


भोजपुर,१७ माघ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाका २० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । विहिवार एक कार्यक्रमका विच वडा नम्बर –३ च्याङ्ग्रेले वडा भरिका ८० वर्ष माथीका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

वडाले  ११ जना महिला र ९ जना पुरुष जेष्ठ नागरीलाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ । जेष्ठ नागरिकलाई गाउँपालिका अध्यक्ष किरण राईले दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
जेष्ठ नागरिकलाई वडाबाट वजेट विनियोजन गरेर एक केजी र्हलिक्स, टर्ज लाइट पनि वितरण गरिएको छ । गाउँपालिका भित्रका अन्य वडामा रहेका जेष्ठ नागरिकहरुलाई समेत चाँडै सम्मान गरीने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार