भोजपुरमा दुई दिन विद्युत सेवा अवरुद्ध हुने, यस्तो छ कारण !


भोजपुर, ९ माघ ।
भोजपुरसंगै अन्य जिल्लामा वितरण गरिएको ३३ केभिए विद्युत प्रसारण लाइन दुई दिन आंशिक रुपमा अवरोध हुने भएको छ । दुहवी देखि धरान सम्मको खण्डमा पटक पटक समस्या आईरहेकोले त्यसको मर्मत गर्नको लागि (भोली) माघ १० र ११ गते दिउँसो १ वजेबाट ६ वजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्र भोजपुरका प्रमुख रामआशिस शाहले जानकारी दिए ।

शाहले भने‘ दुहवी र धरानको विच वढी समस्या देखिदा वेला वेलामा विद्युत अवरुद्ध हुने गरेको छ ।त्यसको मर्मतको लागि हामीले पनि टेक्निसियन पठाएर दुई दिन आशिंक रुपमा विद्युत वन्द गरेर काम गर्ने तयारीमा छौ ।’

विद्युत सेवा भोजपुरसंगै धरान, धनकुटा, तेह्रथुम, संखुवासभा लगाएतको ठाउँमा पनि अवरुद्ध हुने जनाइएको छ । लामो रुट भएको कारण विभिन्न ठाउँ समस्या हुँदा वेला वेलामा जिल्लामा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार