खोटाङमा बरण्डाबाट लडेर एकको मृत्यु


खोटाङ, ८ माघ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ मा गएराति घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

आफन्त मकर बहादुर चौहानको घरमा लगाईएको सप्ताह पुराणमा गएकी साकेला गाउँपालिका–५ की ७७ बर्षीया टिका कुमारी खत्रीको लडेर मृत्यु भएको हो ।

राती १ बजे बाहिर निस्कने क्रममा घरको १ तला माथि रहेको बरण्डाबाट लडेर गम्भीर घाइते खत्रीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार