
भोजपुर, १४ पुस।
भोजपुर नगरपालिका –६ देउरालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भोजपुरको अरुण गाउँपालिका –३ प्याउली वस्ने ५० वर्षीय हेम कुमारी कार्कीको घटना स्थलमै मृत्यु भएको हो ।
भोजपुर वसपार्कबाट धरानको लागि १८ जना यात्रु लिएर विहान ११ वजे छुटेको को १ ख ३०५९ नम्वरको वस व्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिएको हो । घाइतेहरुको जिल्ला अस्पाल भोजपुर र शिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।














