नेता देवीराम चौलागाँईको उपचारको लागि सहयोग समिति गठन


भोजपुर, भोजपुर ९ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भोजपुरका नेता तथा तात्कालिन एमालेका उपाध्यक्ष देवीराम चौलागाईको उपचारमा सहयोग गर्नका लागि सहयोग समिति बनेको छ । भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ्ग दोर्ची शेर्पाको संयोजकत्वमा उपचार सहयोग समिति बनेको हो ।

नेता चौलागाई कलेजो लगायतका रोगको समस्याबाट ग्रसित भएर काठमाडौंको हेल्पिङ्ग हेन्ड अस्पतालमा उपचाररत छन् । उनको कलेजो पूर्णत काम नलाग्ने भएपछि प्रत्यारोपण गर्नु पर्ने भएको छ । भोजपुरको कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय अगुवा नेता चौलागाईको उपचारको सहयोगको लागि यो समितिले अभियान चलाउनेछ ।

प्रत्यारोपणका लागि करिब १ करोड लाग्ने भएको छ । समाजका अध्यक्ष शेर्पाको संयोजकत्वमा बनेको समितिमा दिलिप राई, चन्द्र खत्री, राम खत्री, योगेन्द्र राई, रेजिन श्रेष्ठ, पारुहाङ राई, शारदा घले र भद्र पराजुली छन् ।

समितिको सल्लाहकारहरुमा नेता नेकपाका नेता घनेन्द्र बस्नेत, पूर्व सांसद जयन्ती राई, सांसद सुदन किराती, प्रदेश सांसद राजेन्द्र राई, केन्द्रीय सदस्य अजम्बर राई काङमाङ, पूर्व मन्त्री कृपासुर शेर्पा र नेकपा केन्द्रीय सदस्य हरि राई छन् । नया पेजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार